मधेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

काठमाडौँ, ५ मंसिर । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।

आज प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको जनाएको छ ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका लागि मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।

तर, तोकिएको समयभित्र कुनै पनि दलले मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस नगरेपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । सट्टेबाजीको

सिरहा, ५ मंसिर । मिर्चैयाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–३ डन्डा

सुनसरी, ५ मंसिर । गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गएराति कोशी गाउँपालिका–८ स्थित कोशीब्यारेज नजिक ट्रकको ठक्करबाट

काठमाडौँ, ५ मंसिर । काठमाडौँको म्हैपीबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट