वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न विशेष कार्यदल गठन

काठमाडौँ, ५ मंसिर । वैदेशिक रोजगारी तथा कन्सल्टेन्सीमार्फत विदेश पठाउने नाममा हुने ठगी र श्रम शोषण नियन्त्रण गर्न गृह मन्त्रालयले विशेष कार्यदल गठन गरेको छ ।

वैदेशिक रोजगारीका क्रममा एउटा काम देखाएर अर्को काममा लगाउने, करार सम्झौताअनुसारको तलब तथा सेवा सुविधा नदिने, भिजिट भिसामार्फत रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तथा कन्सल्टेन्सीमार्फत विदेश पठाउने बहानामा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्न कार्यदल गठन गरिएको हो ।

शुक्रबार गृह मन्त्रालयमा उच्चस्तरीय बैठकले विभिन्न निकायका प्रतिनिधि सम्मिलित संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदललाई वैदेशिक रोजगारीका नाममा हुने ठगी, करार सम्झौता उल्लङ्घन, कन्सल्टेन्सीमार्फत हुने ठगी, भिजिट भिसाको आवरणमा हुने मानव तस्करी तथा श्रम शोषणका घटनाको सूक्ष्म अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।

गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवसहित गृह, श्रम, पर्यटन तथा शिक्षा मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । सट्टेबाजीको

सिरहा, ५ मंसिर । मिर्चैयाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–३ डन्डा

सुनसरी, ५ मंसिर । गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गएराति कोशी गाउँपालिका–८ स्थित कोशीब्यारेज नजिक ट्रकको ठक्करबाट

काठमाडौँ, ५ मंसिर । काठमाडौँको म्हैपीबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट