काठमाडौँ, ४ मंसिर । महाेत्तरीमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले बर्दिबास नगरपालिका ११ का रंगलाल स्याङ्तानलाई पक्राउ गरेको हो ।
उनलाई शुक्रबार बर्दिबास नगरपालिका १ बाट पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरले जनाएको छ ।
स्याङतानलाई २०८२ जेठ २६ गते प्रहरीले इभी भ्यान र ४० किलो गाँजासहित पक्राउ गरेको थियो । जिल्ला कारागार महोत्तरीमा रहेका उनी जेनजी आन्दोलनका क्रममा फरार भएका थिए ।







