२ खर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौँ, १ मंसिर । नेपाल राष्ट्र बैंकले मंगलबार वित्तीय प्रणालीबाट २ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल बन्दै गएपछि केन्द्रीय बैंकले ३ महिना अवधिको लागि सो रकम खिच्न लागेको हो । बैंक तथा वित्तीय संस्थाले बोल गर्ने न्यूनतम ब्याजदरलाई प्राथमिकता दिँदै राष्ट्र बैंकले सो रकम खिच्ने गर्दछ । यसको साँवा तथा ब्याज भुक्तानी फागुन ५ गते हुने बैंकले जनाएको छ ।

चाडबाडको समयमा रेमिट्यान्स आप्रवाह बढ्ने तथा आर्थिक गतिविधि बढ्ने भएकाले बैंक तथा वित्तीय संस्थामा तरलता बढ्ने गर्छ । विगत देखिनै अधिक तरलता रहेको वित्तीय प्रणालीमा चाडबाडका समयमा भित्रिएको रेमिट्यान्सले झनै बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ मंसिर । नेपाल राष्ट्र बैंकले मंगलबार वित्तीय प्रणालीबाट २ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । वित्तीय प्रणालीमा

काठमाडौँ, १ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १९ सय

काठमाडाैँ, १ मंसिर । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाका लागि आवेदन खुलाएको छ । आयोगले मंगलबार एक सूचना

काठमाडौँ, १ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ