संयोजक प्रचण्ड रुस प्रस्थान

काठमाडौँ, २७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड विश्व सम्मेलनमा सहभागी हुन रुस प्रस्थान गरेका छन् । 

अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म हुने ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी हुन् प्रचण्ड शुक्रबार रुस प्रस्थान गरेका हुन् । 

प्रचण्डसँगै प्रमुख स्वकीय सचिव गोविन्द आचार्य पनि रुस गएका छन् । उक्त सम्मेलनमा विभिन्न ६० भन्दा धेरै देशका राजनीतिक व्यक्तित्व तथा प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै सम्झौता गर्न अमेरिकालाई आवश्यकता नरहेको बताएका छन् । आफ्नो सामाजिक

धनगढी, २७ कार्तिक । कैलालीको धनगढीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते

काठमाडौँ, २७ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २७ कार्तिक । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । Fixed by Nepal Rastra Bank