इरानको आणविक कार्यक्रमबारे सुराकी दिनेलाई पुरस्कार दिने अमेरिकाको घोषणा

एजेन्सी, २२ कार्तिक । संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रमका बारेमा महत्त्वपूर्ण जानकारी दिने व्यक्तिलाई २ करोड अमेरिकी डलरसम्मको पुरस्कार दिने घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयको ‘रिवार्ड्स फर जस्टिस’ कार्यक्रमअन्तर्गत यो घोषणा गरिएको हो। मन्त्रालयले यस्तो गोप्य जानकारी दिने व्यक्तिलाई आवश्यक परेमा सुरक्षित स्थानमा स्थानान्तरण (रिलोकेट) समेत गर्न सकिने जनाएको छ।

विदेश मन्त्रालयको विज्ञप्तिअनुसार, इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को सुरक्षा दायित्वहरू पालना नगर्दा इरानको ‘सेन्ट्रिफ्युज’ जस्ता प्रमुख उपकरणहरूको उत्पादन र भण्डारणबारे आईएईएले जानकारी गुमाएको छ। सेन्ट्रिफ्युजको प्रयोग युरेनियम प्रवर्द्धन (इनरिचमेन्ट) गर्नका लागि गरिन्छ। यसलाई नागरिक प्रयोजनका लागि इन्धन बनाउनुका साथै ९० प्रतिशतभन्दा बढी शुद्ध बनाइएमा आणविक हतियार बनाउन पनि प्रयोग गर्न सकिन्छ। त्यसैले अमेरिकाले इरानको आणविक केन्द्र, उपकरण र त्यहाँ कार्यरत कर्मचारीको सुराकीका लागि यति ठूलो रकम प्रस्ताव गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वरिष्ठ साहित्यकार, महाकाव्यकार तथा गीतकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीत-संगीत पुरस्कार-२०८३’ अर्पण गरिएको छ । काठमाडौंमा मिलाप मासिकको आयोजनामा

काठमाडौँ, २२ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २२ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अन्सुअर

काठमाडौँ, २२ कार्तिक । २०८३ साल कार्तिक २२ गते आइतबारको राशिफल । मेष : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा