खैरो हेरोइनसहित ४ जना पक्राउ

काठमाडौँ, २१ कार्तिक । सुर्खेतमा ठूलो मात्रामा लागु औषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ करेखोलास्थित रुपेश घर्ती मगरसहित २ जनालाई शुक्रबार ३.१९ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

थप अनुसन्धानक्रममा लागु औषध कारोबारमा संलग्न नवराज चालिसे र बालाराम पौडेललाई समेत थप ८.८३ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको ब्यूरोले जनाएको छ । योसँगै पक्राउ परेका व्यक्तिहरूबाट जम्मा १२.०२ ग्राम लागु औषध खैरो हेरोइन बरामद भएको छ ।

पक्राउ परेकामध्ये नवराज चालिसेको साथबाट सशस्त्र प्रहरी सहायक हवल्दारको परिचय पत्र र रुपेश घर्ती मगरको साथबाट सशस्त्र प्रहरी परिचरको नियुक्तिको प्रमाण पत्र समेत फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २० कार्तिक । सेयर बजार परिसूचक नेप्से आज २.६४ अंकले बढेको छ । यो वृद्धिसँगै बजार परिसूचक नेप्से २६५५

काठमाडाैँ, २० कार्तिक । ग्लाेबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ ।

काठमाडौँ, २० कार्तिक । अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा  ७/८ अर्ब अनुदान प्राप्त गर्न पनि गाह्रो अवस्था भएको बताएका छन्