आजको राशिफल

काठमाडौँ, २१ कार्तिक । २०८३ साल कार्तिक २१ गते शनिबारको राशिफल ।  

मेष : दिन राम्रो छ। लगानीबाट नाफा हुनेछ। परिवारले भन्दा बाहिरका व्यक्तिले सम्मान गर्नेछन्। शिक्षामा सुधारका संकेत देखिने छन्। शत्रु बढ्ने भएकाले  सचेत  हुनुपर्ने  दिन छ ।

वृष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यमा ख्याल नगर्ने बानीले समस्या हुनेछ। शिक्षा र राजनीतिमा गरेको प्रयास सफल बन्नेछ। गोपनीयता सुरक्षित गर्नु उचित हुन्छ। आज विवादमा  नफस्नु  राम्रो हुन्छ ।

मिथुन : शुभ दिन परेको छ । आम्दानी बढ्नेछ। साथीको साथ मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुने योग छ।

कर्कट : दिन राम्रो छ। कृषिको व्यापारबाट नाफा हुनेछ। आम्दानी हुनेछ । प्रेम सम्बन्ध बलियो हुनेछ । पारिवारिक मेलमिलाप हुने भएकाले मनमा खुसी मिल्नेछ ।

सिंह : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले गुम्न लागेको धन फिर्ता हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने आवश्यकता छ। राजनीतिमा विपक्षीको घेराबन्दी हुनेछ।

कन्या : दिन राम्रो छ । आम्दानी  बढ्दा मनमा उत्साह थपिनेछ । आफन्तको साथ मिल्ने योग छ । श्रमको मूल्य प्राप्त हुनेछ । शिक्षामा प्रगति होला । संकट टर्ने योग छ ।

तुला : शुभग्रहको बहुमत रहेकाले सोचेको काम बन्नेछ। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। तर खर्च  बढ्ने योग परेको छ ।

वृश्चिक : व्यापारमा फाइदा हुने दिन छ । स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। परिवारमा मेलमिलाप बढ्नेछ। श्रमको मूल्य प्राप्त हुनेछ ।

धनु : दिन राम्रो छ । पुराना साथीभाईसँगको भेटले  मन प्रशन्न बन्नेछ। मानसम्मान प्राप्त हुनेछ। गुरुको साथ र सहयोगका लगि थप नम्रताको खाँचो छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथमा सुखद् यात्रा हुनेछ।

मकर : दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। विपक्षी साथीसँग सहकार्य हुनेछ। व्यापारमा लगानीको हिम्मत गर्नु उचित हुन्छ। आफ्नो कामले मनमा शान्ति मिल्ने योग छ ।

कुम्भ : यात्रामा सचेत बन्नुपर्ने दिन छ । नयाँ साथीसँगको भेटले दीर्घकालीन योजना बन्नेछन्। दाम्पत्य जीवनमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

मीन  : आम्दानी बढ्ने योग छ । सानो कुराले मनमा खुसी मिल्नेछ । शिक्षा र रोजगारीका क्षेत्रमा तपाईंका ग्रह बलवान छन्। नयाँ रोजगारीको लागि प्रस्ताव आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक ।  कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा

काठमाडौँ, २० कार्तिक । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताप्रति सरकार दृढ रहेको स्पष्ट पारेको छ । आज नियमित

काठमाडौँ, २० कार्तिक । अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा  ७/८ अर्ब अनुदान प्राप्त गर्न पनि गाह्रो अवस्था भएको बताएका छन्

काठमाडौँ, २० कार्तिक । नेकपा (एमाले) का सचिव शेरधन राईले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायसँग व्यावहारिक