काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ ।
सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरी आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले बिहीबार रिट पेस गरेका थिए ।
सुनुवाइको मौका नदिई आधार र कारणविनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी कार्कीको माग छ । रिट दर्ता भइसके पनि सुनुवाइको पेसी भने तय हुन बाँकी रहेको छ ।
मन्त्रिपरिषद्को कार्तिक १८ को निर्णय अनुरुप कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो ।
सरकारले एआईजी रहेका डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुखमा नियुक्त गरेको छ ।







