ट्रक र स्कुटर ठोक्किएर जल्दा २ जना घाइते

काठमाडौँ, २० कार्तिक । सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किँदा २ जना घाइते भएका छन् ।

ट्रक र स्कुटर ठोक्किएपछि आगलागी हुँदा ट्रक र स्कुटर पूर्ण रूपमा जलेको छ । कमलामाई नगरपालिका-८ करकरेमा काठमाडौँबाट भिमान तर्फ जाँदै गरेको प्रदेश १-०२-००२ख १२३६ नम्बरको ट्रकले रानीबासबाट सिन्धुली तर्फ जाँदै गरेको अल्फाबेट नखुलेको १२७८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी स्कुटर चालक कमलामाई नगरपालिका-१३ रानीबासकी ३४ वर्षीया सृजना अधिकारी र पछाडि सवार उनको श्रीमान् ४४ वर्षीय हेमराज बख्रेल रहेका छन् ।

ट्रक र स्कुटर ठोक्किएपछि एक्कासि आगलागी भएको छ । आगलागीबाट ट्रक र स्कुटर पूर्ण रूपमा जलेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार

काठमाडौँ, २० कार्तिक । सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किँदा २ जना घाइते भएका छन् । ट्रक र स्कुटर ठोक्किएपछि आगलागी हुँदा

काठमाडौँ, २० कार्तिक । सुक्खा मौसम सुरु भएसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । स्विट्जरल्यान्डस्थित वायु गुणस्तरसम्बन्धी तथ्यांक

काठमाडौँ, २० कार्तिक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो