पृथ्वी राजमार्गमा आज दुई घण्टा बन्द हुने

काठमाडौँ, १७ कार्तिक । पृथ्वी राजमार्गको मझिमटार खण्डमा आज पनि सवारी आवागमन बन्द हुने भएको छ । 

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नति कार्यका लागि सवारी आवागमन बन्द गर्न लागिएको जनाएको छ । 

प्रशासनका अनुसार, मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म सवारी आवागमन बन्द हुनेछ । यसअघि सोही कार्यका लागि सोमबार तीन घण्टा सवारी आवागमन बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १८ कार्तिक । प्रहरीले ६ लाख बराबरको पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट

काठमाडौँ, १८ कार्तिक । रौतहटको गौर नगरपालिका ४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहारबाट एक जना घाइते भएका छन्

काठमाडौँ, १८ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । गोलभेडा ठूलो(नेपाली)

काठमाडौँ, १८ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका