काठमाडौँ, १४ कार्तिक । दसैँको टीकाका दिन घरबाट बेपत्ता भएका धनुषाको नगराइन नगरपालिका–७ देवडिहाका सात वर्षीय साकेत झा १० दिनपछि मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार घरबाट पाँच किलोमिटर उत्तरतर्फ रहेको धानखेतमा आज उनको शव फेला परेको हो ।
धानखेतमा बालकको शव फेला परेपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ । प्रारम्भिक अवस्थामा हेर्दा बालकको शव डिसकम्पोजको अवस्थामा रहेको छ । थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
गत कात्तिक ४ गते दशैँको टीकाका दिन साकेत घरबाट निस्किएपछि बेपत्ता भएका थिए । उनी सम्पर्कविहीन भएपछि परिवारजनले खोजीका लागि हारगुहार गरेका थिए । उनको खोजीमा सहयोग गर्न सामाजिक सञ्जालमार्फत समेत सर्वसाधारणसँग अपिल गरिएको थियो ।







