लागुऔषधसहित ८ जना पक्राउ

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार एकैदिन उनीहरूलाई पक्राउ गरिएको हो । भजनी नगरपालिका–३ मरियाघाटबाट ७२० मिलिग्राम ब्राउनसुगरसहित टीकापुर नगरपालिका–३ का १९ वर्षीय सुमित सुनार र २० वर्षीय अभिषेक विक पक्राउ परेका छन् ।

उनीहरूलाई बुधबार दिउँसो भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गर्दा चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, भजनी नगरपालिका–५ पगियापसारबाट १ ग्राम ११० मिलिग्राम लागुऔषधसहित २१ वर्षीय दीपक बुढा र १७ वर्षीय किशोरलाई पक्राउ गरिएको छ ।

उनीहरूलाई बुधबार साँझ मोटरसाइकलमा सवार रहेका बेला चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी, धनगढी उपमहानगरपालिका–८ बुद्धचोकबाट ४४० मिलिग्राम ब्राउनसुगरसहित थप चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–१ का २९ वर्षीय नराज चौधरी, २१ वर्षीय अनुप चौधरी, १८ वर्षीय किशोर र जोशीपुर–३ का २२ वर्षीय प्रेम चौधरी रहेका छन् ।

उनीहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार