बागमती विश्वविद्यालय र इस्ट चाइना युनिभर्सिटीबीच समझदारी

मकवानपुर, १२ कार्तिक ।  शैक्षिक सहकार्य अभिवृद्धिका लागि नेपालको बागमती विश्वविद्यालय र चीनको इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी (इसियुटी) बिच सम्झौता भएको छ ।

शैक्षिक गुणस्तर विकास र आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले बागमती विश्वविद्यालय र इस्ट चाइना युनिभर्सिटी बिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेल र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका उपाध्यक्ष प्रा. डा. देङ जुझीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार दुई विश्वविद्यालयबिच विद्यार्थी आदानप्रदान कार्यक्रम, प्राध्यापक विकास (फ्याकल्टी डेभलपमेन्ट), संयुक्त अनुसन्धान गतिविधि तथा दोहोरो–डिग्री (डुअल–डिग्री) कार्यक्रम सञ्चालनका सम्भावनाहरू खोजी गरिनेछ । साथै, दुवै संस्थाको पारस्परिक हितका अन्य शैक्षिक क्षेत्रहरूमा समेत सहकार्य विस्तार गरिने उल्लेख छ ।

विज्ञान, प्रविधि तथा पारस्परिक चासोका विविध शैक्षिक विषयहरूमा दुवै संस्थाका विज्ञहरूको सहभागितामा संयुक्त अनुसन्धान परियोजनाहरू सञ्चालन गरिने र विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको मान्यताप्राप्त शैक्षिक उपाधि प्रदान गर्ने उद्देश्यले दुई संस्थाबिच दोहोरो–डिग्री कार्यक्रम सञ्चालनका सम्भावनाहरू अध्ययन गरी कार्यान्वयनमा लगिने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार