कंगोमा इबोला संक्रमितको संख्या १० हजार नाघ्यो

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १० हजार नाघेको छ ।

स्वास्थ्य अधिकारीहरूले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार, मे महिनामा प्रकोप सुरु भएयता अक्टोबर २५ सम्ममा १० हजार ६० जनामा संक्रमण पुष्टि भएको छ भने चार हजार ८८७ जनाको मृत्यु भएको छ ।

यसअनुसार संक्रमण पुष्टि भएकामध्ये मृत्युदर ४८ दशमलव ६ प्रतिशत रहेको छ । यो प्रकोप कंगोका २६ प्रान्तमध्ये आठ प्रान्तका ६६ स्वास्थ्य क्षेत्रमा फैलिएको प्रतिवेदनमा उल्लेख छ । पूर्वी प्रान्त इतुरी यस प्रकोपको मुख्य केन्द्र बनेको छ, जहाँ कुल संक्रमितमध्ये ७१ दशमलव सात प्रतिशत रहेका छन् ।

बुन्दिबुग्यो प्रजातिको इबोला भाइरसका कारण फैलिएको प्रकोपबारे कंगोले मे १५ मा घोषणा गरेको थियो । त्यसयता यो प्रकोप पाँच देशमा देखिएको छ । कंगोबाहेक युगान्डा, केन्या र नाइजेरियामा पनि संक्रमण फैलिएको छ भने फ्रान्समा बाहिरबाट भित्रिएको एक संक्रमणको घटना पुष्टि भएको थियो ।

इबोला भाइरसको बढी परिचित जाइरे प्रजातिभन्दा फरक, बुन्दिबुग्यो प्रजातिका लागि हालसम्म स्वीकृत खोप वा विशिष्ट उपचार उपलब्ध छैन ।

यो प्रकोप प्रजातान्त्रिक गणतन्त्र कंगोको इतिहासकै सबैभन्दा ठूलो र घातक इबोला प्रकोप बनेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको महामारीपछि यो विश्वकै दोस्रो ठूलो इबोला प्रकोप भएको जनाइएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।