राष्ट्रपति पौडेलद्वारा दुर्गा भवानीको पूजाअर्चना

काठमाडौँ, ८ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर दुर्गा भवानीको पूजाअर्चना गरेका छन् । 

भक्तपुरको नवदुर्गा मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, भक्तपुर जिल्ला सुरक्षा समितिका पदाधिकारी, जनप्रतिनिधि र स्थानीयले स्वागत गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । 

राष्ट्रपति पुग्दा पूजाका अवसरमा देखाइने परम्परागत नृत्य प्रदर्शन गरिएको थियो । 

राष्ट्रपति पौडेलले नवदुर्गा देवगणको दर्शन तथा अवलोकन गरी पुजारी, नाइके र देवगणलाई दक्षिणा प्रदान गरेका थिए । नवदुर्गा मन्दिर परिसरमा ब्रहमायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली देवीको पूजा गरिन्छ ।  सो अवसरमा राष्ट्रपति पौडेललाई तलेजु मन्दिरबाट ल्याइएको टीका तथा प्रसाद मन्दिरका मूल नाइकेले प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गाजरीमा जुवातास खेलिरहेको अवस्थामा केशव समेत ८ जना पक्राउ परेका छन् । प्रहरीका

काठमाडौँ, ८ कार्तिक । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एक जना घाइते

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । सरकारले बाढीको पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ६ ओटा प्रमुख नदी