काठमाडौँ, ८ कार्तिक । विराटनगरमा व्यवसाय गर्दै आएका एक पुरुष केशलिया खोलामा मृत फेला परेका छन् ।
प्रहरीका अनुसार मोरङको विराटनगर महानगरपालिका–६ र सुनसरीको बर्जु गाउँपालिका जोड्ने केशलिया खोलाको पुल नजिकै ६५ वर्षीय लालजीप्रसाद गुप्ता मृत फेला परेका हुन् ।
गुप्ता पछिल्लो ३० वर्षदेखि विराटनगर महानगरपालिका–६ महावीर रोडमा ‘लाल ब्याट्री पसल’ सञ्चालन गर्दै आएका थिए । उनी भारतीय नागरिक रहेकाे बताइएकाे छ ।
सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरतर्फको खोला किनारमा आइतबार बिहान स्थानीयले बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत फेला परेका गुप्ता विराटनगर– ६ मा ब्याट्री मर्मतसम्बन्धी पसल सञ्चालन गर्दै आएका थिए ।
घटनाको प्रकृति हेर्दा हत्या गरेर शव फालिएको जस्तो देखिएको उनले बताए । बोराले बेरिएको अवस्थामा शव फेला परेकाले घटना शंकास्पद रहेको र विस्तृत अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ ।
घटनास्थलमा तालिमप्राप्त कुकुरसहित प्राविधिक टोली परिचालन गरेर प्रमाण संकलन गरिएको प्रहरीले जनाएको छ ।







