अनुशासन आयोगमा खगेन्द्र सुनारको लिखित इन्कारी पत्र पेश

काठमाडौँ, ८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादका विषयमा पार्टीमा लिखित इन्कारी पत्र पेश गरेका छन् ।

सुनार र एक महिलाबीचमा भएको भनिएको संवादबारे पार्टीको अनुशासन आयोगलाई उनले लिखित इन्कारी पत्र पेश गरेका हुन् ।

अनुशासन आयोगले गठन गरेको छानबिन समितिलाई सुनारले संवादको बोली आफ्नो नभएको दाबी गरेका छन् । अनुशासन समितिका उपप्रमुख एवं छानबिन समिति संयोजक समेत रहेका अधिवक्ता हरिचन्द्र भट्टराईले सुनारले इन्कारी लिखित पत्र आएको जानकारी दिए ।

सुनारले इन्कार गरेपछि समितिले स्वतन्त्र प्रमाणको खोजी सुरु गरेको छ । विवादित अडियो सार्वजनिक भएसँगै सुनारले उक्त अडियो एआई निर्मित भएको दाबी सहितको प्रतिवाद गरेका थिए । प्रहरीमा भएको भ्रष्टाचारको मुद्दा  उठाएपछि आफूमाथि निरन्तर प्रहार भइरहेको सुनारको जिकिर छ । काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको दाबी गर्दै सामाजिक सञ्जालमा सुनारले लेखेका थिए, ‘सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन् । एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन् ।’

पार्टीबाट गठित छानबिन समितिले अडियो प्रसारण गर्ने जनआस्था पत्रिकासँग सम्पादन हुनु अघिको अडियो लिएको छ । साथै, पीडित भनिएकी महिलाको भनि प्रसारित अन्तर्वार्ताको अडियो प्राप्त गर्न समितिले न्युज २४ लाई पत्राचार गरेको छ । आरोपित सुनारको इन्कारी पत्र र महिलाको अन्तर्वार्तामा राखेका विचारले छानबिनको कार्यलाई जटिलता थपेको समितिले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ८ कार्तिक । इजरायलले आगामी अक्टोबर २७ मा हुने निर्वाचनका दिन वेस्ट बैंकसँग जोडिएका सबै स्थल मार्ग बन्द गर्ने घोषणा

एजेन्सी, ८ कार्तिक । अमेरिकाको फ्लोरिडा राज्यस्थित टालाहासीमा विश्वविद्यालयको रंगशालानजिक गोली चल्दा ११ जना घाइते भएका छन् । घाइतेमध्ये ६

पाकिस्तान, ७ कार्तिक । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा १० जना आतङ्कवादी मारिएको पाकिस्तानी सेनाले जनाएको

काठमाडौँ, ६ कार्तिक । यमनमा बढ्दो द्वन्द्व र साउदी अरबमाथि हुथी विद्रोहीका आक्रमणले क्षेत्रीय तनाव बढाइरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो