म्यानमामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते

एजेन्सी, ८ कार्तिक । म्यानमाको मन्डाले क्षेत्रमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

म्यानमाको अग्नि सेवा विभागका अनुसार ब्रेक फेल भएको एक्सप्रेस बस विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएपछि सडकबाट करिब ५० फिट गहिरो खोल्सामा खसेको थियो ।

विभागका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ः०५ बजे पिन ओ ल्विन–मन्डाले सडक खण्डको ओरालोमा दुर्घटना भएको हो । पिन ओ ल्विनबाट मन्डालेतर्फ गइरहेको बसको ब्रेक फेल भएपछि विपरीत दिशाबाट आएको भ्यानसँग ठोक्किएको थियो ।

ठक्करपछि बस सडक छेउको खोल्सामा खसेर पल्टिएको थियो । दुर्घटनालगत्तै स्थानीय अग्नि नियन्त्रक र उद्धारकर्मीलाई घटनास्थलमा परिचालन गरिएको विभागले जनाएको छ ।

दुर्घटनामा भ्यानका चालकको मृत्यु भएको छ । बसमा सवार २९ जनामध्ये पाँच जनाको ज्यान गएको र १२ जना घाइते भएको बताइएको छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ८ कार्तिक । इजरायलले आगामी अक्टोबर २७ मा हुने निर्वाचनका दिन वेस्ट बैंकसँग जोडिएका सबै स्थल मार्ग बन्द गर्ने घोषणा

एजेन्सी, ८ कार्तिक । अमेरिकाको फ्लोरिडा राज्यस्थित टालाहासीमा विश्वविद्यालयको रंगशालानजिक गोली चल्दा ११ जना घाइते भएका छन् । घाइतेमध्ये ६

पाकिस्तान, ७ कार्तिक । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा १० जना आतङ्कवादी मारिएको पाकिस्तानी सेनाले जनाएको

काठमाडौँ, ६ कार्तिक । यमनमा बढ्दो द्वन्द्व र साउदी अरबमाथि हुथी विद्रोहीका आक्रमणले क्षेत्रीय तनाव बढाइरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो