काठमाडौँ, ८ कार्तिक । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन शाहको प्रस्तावित भारत भ्रमणमा सीमा विवादको विषय उठ्छ कि उठ्दैन भन्ने प्रश्न गरेका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै बाँस्कोटाले अर्थमन्त्री स्वर्णिम वाग्ले हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले उक्त भनाइले राष्ट्रघात हुने टिप्पणी गरेका छन् ।
बाँस्कोटाले प्रधानमन्त्री विगतमा ग्रेटर नेपालको नक्सा टाँगेको प्रसंग उल्लेख गर्दै सीमा विवादको विषयमा कुरा उठाउने आशा व्यक्त गरेका छन् । उनले नयाँ जोगीले धेरै खरानी उडाएको भन्दै टिप्पणीसमेत गरेका छन् ।
उनले भनेका छन्, १”अब यो तिब्र प्रतीक्षा भयो कि प्रम बालेनको प्रस्तावित भारत भ्रमणमा सीमा बिवाद वारे कुरा होला नहोला भन्ने?मनरो डक्ट्रिन अर्थ मन्त्रीको भनाईले त्यो राष्ट्र घात हुन्छ।धन्नग्रेटर नेपालकै नक्शा टाँग्ने प्रम छन।र, आस छ।नयाँ जोगीले साह्रै खरानी उडायो।”







