ढुंगा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

रुकुम पश्चिम, ७ कार्तिक । बाफिकोट गाउँपालिका–२, स्वारामा ढुंगा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ ।

शुक्रबार साँझ करिब ५:३० बजे स्थानीय बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथ घरनजिकैको बाटोमा खेलिरहेको अवस्थामा सोही ठाउँका ३३ वर्षीय भक्तबहादुर नाथले एक्कासि ढुंगाले टाउकोमा प्रहार गरेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

ढुंगा प्रहारबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि स्वास्थ्य चौकी पिपल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्याइएकोमा शुक्रबार राति करिब १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनामा संलग्न भनिएका भक्तबहादुर नाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दुई महिने राष्ट्रिय  जागरण अभियान आजदेखि सञ्चालन हुने भएको छ । यस्ता

चितवन, ७ कार्तिक । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भरतपुर र माडीका विभिन्न स्थानमा पुगेर स्थानीयवासीका समस्या तथा

काठमाडौँ, ६ कार्तिक । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल

अर्घाखाँची, ६ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारका लागि पूर्वविद्यार्थीहरूको योगदान