रवि, स्वर्णिम र डिपी नै प्रधानमन्त्रीलाई असफल बनाउन षड्यन्त्र गर्दैछन् : पूर्वमन्त्री साह

काठमाडौँ, ६ कार्तिक । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्रको तानाबाना बुनेको आरोप लगाएका छन्। 

शुक्रबार रौटतहको गरुड़ामा अग्रगामी मोर्चाको नगर कमिटीले आयोजना गरेको शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकार बनेको ६ महिना व्यतित नहुँदै रास्वपाको कोर टिमले प्रधानमन्त्री शाहलाई विस्थापित गर्नेगरि षड्यन्त्र गरिरहेको उल्लेख गरे ।

वर्तमान सरकारलाई अन्य दलबाट कुनै थ्रेट नभएपनि रास्वपाभित्रैबाट असफल बनाउनेगरि षड्यन्त्र रचिएको र छिट्टै त्यो जनताले थाहा पाउने बताए । रास्वपाका सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्व उपसभापति तथा वर्तमान सभामुख डिपी अर्यालले प्रधानमन्त्री शाहलाई असफल बनाउनेगरि मोर्चाबन्दी कसेको आजपा अध्यक्ष साहको दाबी छ ।

उनले सभापति लामिछानेको यसअघि सम्पन्न भएको भारत भ्रमण, चीन भ्रमणको तयारी र अहिले पूनः धार्मिक यात्राको लागि भारत निस्किएको प्रसंगलाई पनि शंकाको दृष्टिले हेरिनुपर्ने उल्लेख गरेका छन् । अर्थमन्त्री वाग्लेसमेत भारत भ्रमणमा रहेको सन्दर्भ उल्लेख गर्दै साहले रास्वपाको कोर टिमको तारन्तारको भारत भ्रमणलाई सामान्य रुपमा हेरिन नहुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ६ कार्तिक । सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ लौकहीस्थित

काठमाडौँ, ६ कार्तिक । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६

काठमाडौँ, ६ कार्तिक । काठमाडौँको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने

तनहुँ, ६ कार्तिक । तनहुँमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।