काठमाडौँ, ६ कार्तिक । काठमाडौँको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने ३८ वर्षीया महिला आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । प्रहरीका अनुसार, ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–४ घर भएकी ३८ वर्षीया मिरा तामाङ मृत भेटिएकी हुन् ।





