टीकाको दोस्रो दिन : मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौँ, ५ कार्तिक । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम जारी छ ।

विजयादशमीको दिन आफ्नै घरपरिवारभित्र टीका–जमरा लगाएकाहरू आज दोस्रो दिन आफ्ना टाढा–टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आशीर्वाद लिने गर्दछन् । मान्यजन टाढा हुनेहरू आजदेखि कोजाग्रत पूर्णिमासम्म नै आशीर्वाद थाप्न जाने गर्दछन् ।

नेपालका कतिपय स्थानमा विजयादशमीको दिन मात्र टीका लगाउने परम्परा भए पनि अधिकांश स्थानमा भने विजयादशमीदेखि सुरु भएको टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्मै निरन्तर चल्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । देशका तीन जिल्लाका सडक अवरुद्ध भएको छ ।  नेपाल प्रहरीका अनुसार म्याग्दी, गोरखा र सुर्खेतका विभिन्न

काठमाडौँ, ५ कार्तिक । आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर

काठमाडौँ, ५ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट लिस्ट ‘ए’ टी–२० को

काठमाडौँ, ५ कार्तिक । २०८३ साल कार्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर २२ तारिख। असोज शुक्ल पक्षको एकादशी तिथि