साउदीबाट अमेरिकी दूतावासका कर्मचारीलाई देश छाड्न आदेश

काठमाडौँ, ५ कार्तिक ।  यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबमा आक्रमण तीव्र बनाएपछि अमेरिकाले रियाधस्थित आफ्नो दूतावासबाट गैर–अत्यावश्यक कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूलाई फिर्ता हुन (देश छाड्न) आदेश दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले सामाजिक सञ्जाल ‘एक्स’मार्फत साउदी अरबमा रहेका गैर-आकस्मिक अमेरिकी सरकारी कर्मचारी र उनीहरूका परिवारलाई फिर्ता बोलाइएको पुष्टि गरेका छन् । इरान समर्थित हुथीहरूले साउदी अरबविरुद्ध आक्रमण बढाउँदै नागरिक विमानस्थल र अन्य महत्त्वपूर्ण पूर्वाधारहरूलाई लक्षित गरेको तथा त्यसबाट सर्वसाधारणको ज्यान जानुका साथै यात्रामा गम्भीर अवरोध उत्पन्न भएको प्रवक्ता पिगटले उल्लेख गरेका छन् ।

विदेश मन्त्रालयले बुधबार एक ‘सुरक्षा सतर्कता’ जारी गर्दै अमेरिकी नागरिकहरूलाई विमानस्थलहरूमा हुन सक्ने सम्भावित आक्रमण र यात्रा अवरोधबारे सचेत रहन आग्रह गरेको छ । पछिल्ला साताहरूमा हुथीहरूले रियाधस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल, साउदी सैन्य प्रतिष्ठान, तेल पूर्वाधार र सामुद्रिक मार्गलाई लक्षित गरी शृंखलाबद्ध आक्रमणहरू गरेपछि यो चेतावनी आएको हो ।

साउदी अरबमाथि आक्रमण बढ्दै गएपछि अन्य मित्रराष्ट्रहरूले पनि सहयोगको दायरा बढाएका छन् । बेलायतले हुथी आक्रमणबाट साउदी अरबको रक्षा गर्न लडाकु विमानहरू तैनाथ गर्ने जनाएको छ भने इजिप्टले पनि सबै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक ।  यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबमा आक्रमण तीव्र बनाएपछि अमेरिकाले रियाधस्थित आफ्नो दूतावासबाट गैर–अत्यावश्यक कर्मचारी

काठमाडाैँ, ४ कार्तिक । राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैंको शुभ साइत १० बजेर २६

काठमाडौँ, ४ कार्तिक । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले दसैँ जस्ता चाडपर्वले नेपालीहरूबिच पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप

काठमाडौँ, ३ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा नवकन्याहरूको (९ जना कन्या) विधिपूर्वक पूजाअर्चना गर्नुभएको छ