काठमाडौं, २२ पौष । यूएईमा हुने महादेशीय फुटबल प्रतियोगिता एसियन कप अन्तर्गत आज समूह चरणका तीन खेल हुँदैछन् ।
यूएईको हज्जा बिन जायद रंगशालामा हुने खेलमा आज समूह ए का एक खेल र समूह बी का दुई खेल हुनेछन् । नेपाली समयअनुसार पौने ५ बजेदेखि सुरु हुने पहिलो खेलमा समूह बीमा रहेको साविक विजेता अष्ट्रेलियाले जोेर्डनसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै सवा आठ बजे सुरु हुने दोस्रो खेलमा समूह एमा रहेका थाइल्याण्ड र भारतबीच प्रतिस्पर्धा हुनेछ । यो खेल अल नायान रंगशालामा हुनेछ । सिरिया र प्यालेस्टाइन आमनेसामने हुने खेल अल सारजाह रंगशालामा राति पौने १० बजेदेखि सुरु हुनेछ ।





