संविधानमा सुधार संवैधानिक प्रक्रियाबाटै हुनुपर्छ : खिलराज रेग्मी

काठमाडौँ, २ कार्तिक । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले जनताको मतबाट निर्मित संविधान र कानुनको शासन नै देशको सबैभन्दा भरपर्दो जग भएको उल्लेख गरेका छन् । 

शुभकामना सन्देश जारी गर्दै उनले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन्। असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा रहेको विजयादशमीले सबैलाई सत्य र न्यायको मार्गमा अडिग रहने प्रेरणा दिने विश्वास व्यक्त गरेका हुन्। तडकभडरहित सौम्य रूपमा दसैँ मनाउन आग्रह गर्दै रेग्मीले यस पर्वले देशलाई उन्नति, प्रगति, स्थिरता र समृद्धितर्फ अघि बढाउन दुर्गा भवानीले शक्ति प्रदान गरुन् भन्ने कामना गरेका छन्।

पूर्वअध्यक्ष रेग्मीले प्राकृतिक विपत्ति र कमजोर अर्थतन्त्रका कारण मुलुक अप्ठ्यारो अवस्थामा रहेको बेला देशलाई अस्थिरतातर्फ धकेल्ने प्रवृत्ति देखिएकामा चिन्ता व्यक्त गर्दै त्यसलाई निस्तेज पार्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले भने, ‘संविधानमा सुधारको आवश्यकता देखिएमा संवैधानिक प्रक्रिया र व्यापक राष्ट्रिय सहमतिबाटै अघि बढ्नुपर्छ। असहमतिको समाधान संवाद, संयम तथा विधिभित्रै खोजिनुपर्छ।’

यसवर्षको चाडपर्व प्राकृतिक विपत्ति र बाढीपहिरोका कारण प्रभावित भएको उल्लेख गर्दै उनले घरबास गुमाएर अस्थायी आश्रयमा बस्न बाध्य पीडितहरूको आँसु पुछ्नु र उनीहरूको जीवन सामान्य बनाउन हातेमालो गर्नु सबैको दायित्व भएको बताएका छन्। उनले राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउँदै आ–आफ्नो क्षमताअनुसार पीडितलाई सहयोग गर्न आह्वानसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

झापा, २ कार्तिक । झापामा अवैध कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका वडा

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान