काठमाडौँ, २ कार्तिक । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा आज घरेलु टोली ओमानको सामना गर्दा नेपाल जित्नै पर्ने दबाबमा छ ।
खेल ओमानको अल अमिरेत रंगशालामा नेपाली समयअनुसार सोमबार बिहान ११ः१५ बजे सुरु हुनेछ । लिग–२ को अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गर्न सके मात्र छैटौँ स्थान पक्का हुनेछ । नत्र सातौँ स्थानमै रहेर लिग टुंगाउने छ । नेपाल पराजित भए क्यानडाको शीर्ष ६ पक्का हुनेछ ।
नेपाल ३५ खेलमा २८ अंकसहित सातौँ स्थानमा छ । यता, ओमान भने ३१ खेलमा ३३ अंकसहित चौथो स्थानमा रहँदै एकदिवसीय विश्वकपमा छनोटमा स्थान बनाइसकेको छ ।






