गम्भीर आर्थिक संकटमा इरान

एजेन्सी, ३१ असोज । अमेरिकी नौसैनिक नाकाबन्दी र कडा आर्थिक प्रतिबन्धका कारण इरान गम्भीर आर्थिक संकटमा परेको छ ।

यस्तो अवस्थामा इरानबाट आर्थिक सहयोग पाउँदै आएका क्षेत्रीय मिलिसिया समूहहरूले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) लाई रकम फिर्ता पठाउन थालेको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का कमान्डर एडमिरल ब्राड कुपरले शुक्रबार खुलासा गरेका छन् ।

ट्रम्प प्रशासनले इरानमाथि सैन्य दबाबसँगै नौसैनिक नाकाबन्दी र कडा आर्थिक प्रतिबन्धहरू जारी राखेको छ । विभिन्न रिपोर्टअनुसार, अमेरिकी नौसैनिक नाकाबन्दीका कारण इरानले तेल बिक्रीबाट प्राप्त गर्ने आम्दानीमा २५ अर्ब डलर गुमाइसकेको छ ।

यसका अतिरिक्त, सेन्टकम र अमेरिकी अर्थ मन्त्रालयले पछिल्ला साताहरूमा इरानसँग सम्बन्धित ३५ करोड डलर बराबरको क्रिप्टोकरेन्सीसमेत रोक्का गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ मंसिर । सर्वोच्च अदालतले दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आफूलाई आईजीपीबाट हटाएको भन्दै

काठमाडौँ, ९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण गरेर डिस्चार्ज भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार पौडेलले

काठमाडौँ, ९ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साहले कार्यभार सम्हालेको तीन महिनाभित्रै देशको जेठो उद्योग ‘विराटनगर

काठमाडौँ, ९ मंसिर । बुधबार सेयर बजार परिसूचक नेप्से ८.६६ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६४७ अंकमा कायम भएको