आजबाट हलमा ‘छ माया छपक्कै २’

काठमाडौँ, ३१ असोज । आज बडादसैँको फूलपातीको अवसर पारेर नयाँ नेपाली चलचित्र ‘छ माया छपक्कै २’ देशभर एकसाथ प्रदर्शनमा आएको छ ।

मल्टिप्लेक्स तथा सिंगल थिएटरहरूमा चलचित्रले राम्रो शो पाएको भए पनि सबै हलहरू भने पाउन सकेको छैन । शुक्रबारबाटै रिलिज भई प्रदर्शनरत रहेका अन्य दुई नयाँ चलचित्र ‘आबाट आमा २’ र ‘१२ गाउँ २’ हलहरूमा चलिरहेका कारण शोहरू बाँडिएका छन् ।

‘आमा सरस्वती मुभिज’, ‘रोहित अधिकारी फिल्म्स’ र ‘आईएमई’को संयुक्त प्रस्तुतिमा निर्मित यस चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । निर्देशक लामा र दीपकराज गिरीको संयुक्त कथा रहेको यस चलचित्रको पटकथा तथा संवाद भने स्वयं दीपकराज गिरीले तयार पारेका हुन् ।

चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईको मुख्य अभिनय छ । साथमा कर्मा, रिहान गिरी, मेक्सम गौडेल, रमा थपलिया, प्रकाश घिमिरे तथा निर्मल शर्मालगायत कलाकारहरूको सशक्त भूमिका देख्न सकिन्छ ।

दीपाश्री निरौला सल्लाहकारका रूपमा रहेको यस चलचित्रका निर्माता रोहित अधिकारी हुन् भने कार्यकारी निर्मातामा निर्मल शर्मा र सुरज बम ठकुरी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ मंसिर । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  इन्जिनियर दीपक कुमार साह र नेपालका लागि युरोपेली राजदूतबीच आज शिष्टाचार

काठमाडौँ, ८ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप तथा प्रविधि र विस्तारित

काठमाडौँ, ८ मंसिर । नेपाली बजारमा मंगलबार सुनको सामान्य मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको

बेइजिङ, ८ मंसिर । नेपालको विपद्‌पछिको पुनर्निर्माण कार्यमा चीनले सक्रिय सहयोग गर्ने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ