विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागु

भक्तपुर, २७ असोज । अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधिको निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि पहिलो पटक लागु गरेको सूचना प्रणालीलाई देशव्यापी विस्तार गरेको छ ।

विभागले सोमबार नगरकोटमा आयोजना गरेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण’मा विभागका निर्देशक शिव लम्सालले नेपाल भित्रिएका विदेशी नागरिक नफर्केसम्म उनीहरू कहाँ गए, कहाँ बसेलगायतका विवरण लिनेगरी विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली देशव्यापी रुपमा लागु गरिएको  बताए । सन् २०२५ जनवरी १ देखि काठमाडौं उपत्यकाका तारे होटल, ट्राभल एजेन्सी, मनी एक्स्चेन्जलगायतमा यो प्रणाली लागु गरिएको भए पनि अहिले भने देशभर लागु गरिएको विभागका निर्देशक लम्सालले बताए ।

विदेशी पर्यटक नेपाल प्रवेश गरेपछि विमानस्थलमा आएको र विमानस्थलबाट फर्केको मात्र रेकर्ड राख्ने गर्दा नफर्किएका विदेशी कहाँ गए, के गरिरहेका छन् भन्ने जानकारी नहुँदा कैयौँ विदेशी नागरिक अपराधमा संलग्न रहेको पाइएको उनले बताए ।

उनका अनुसार सन् २०२५ मा कानुन उलंघन गर्ने ४५९ विदेशी नागरिकलाई देश निष्कासन गरिएकामा २०२६ जनवरी १ देखि अक्टोबर १० सम्म ५४० जना विदेशीलाई देश निष्कासन गरिएको छ । अध्यागनमको कानुन उल्लंघन गरेको, प्रवेशाज्ञाको उद्देश्यविपरीत बसेको, देशको कानुनमा दोषी ठहर भएको र विभिन्न गैरकानुनी गतिविधिमा संलग्न रहेका ६४ जनालाई सन् २०२५ मा फिर्ता पठाइएको उनले बताए ।

यस्तै, ६१ जनालाई २०२६ अक्टोबर १० सम्म कानुन उलंघन गरेको पाइएपछि फिर्ता पठाइएको छ । विभिन्न प्रवेशाज्ञामा नेपाल भित्रिएका विदेशी नागरिक अध्यागमन कानुनविपरीत अरु नै गतिविधिमा संलग्न हुन नदिन निगरानी, नियमन, व्यवस्थापन, सुरक्षा तथा यात्रा सहजीकरण गर्न यो प्रणाली लागु गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असोज । सिरहाको गोलबजार नगरपालिकामा गरिब, विपन्न तथा दलित समुदायका नागरिकलाई लक्षित गरी एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको

काठमाडौँ, २७ असोज । प्रतिकूल मौसमका  कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको नियमित हवाई उडान पुन: सुरु भएको छ

काठमाडौँ, २७ असोज । सिरहाको गोलबजार नगरपालिका–१ बैरीबाणबाट प्रहरीले खैरो हेरोइनसहित दुई युवकलाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, २७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ