गोलबजारमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ, २७ असोज । सिरहाको गोलबजार नगरपालिकामा गरिब, विपन्न तथा दलित समुदायका नागरिकलाई लक्षित गरी एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

गोलबजार नगरपालिका–२ को आयोजनामा तथा नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सञ्चालित शिविरबाट १९० जनाले स्वास्थ्य सेवा लिएका छन् ।

जनताको पैसा जनताकै हकहित र सेवामा खर्च गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, फिजियोथेरापी र जनरल मेडिसिनलगायतका सेवा प्रदान गरिएको थियो । शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श दिनुका साथै बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असोज । सिरहाको गोलबजार नगरपालिकामा गरिब, विपन्न तथा दलित समुदायका नागरिकलाई लक्षित गरी एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको

काठमाडौँ, २७ असोज । प्रतिकूल मौसमका  कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको नियमित हवाई उडान पुन: सुरु भएको छ

काठमाडौँ, २७ असोज । सिरहाको गोलबजार नगरपालिका–१ बैरीबाणबाट प्रहरीले खैरो हेरोइनसहित दुई युवकलाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, २७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ