बुढीगण्डकी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा जुट्न राजेन्द्र लिङ्देनको माग

काठमाडौँ, २५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित स्यार खोलामा आएको बाढीका कारण बुढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार र पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज प्रेस विज्ञप्ति जारी गर्दै बाढीले पक्की तथा झोलुङ्गे पुल, भौतिक संरचना र बस्तीमा पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उनले बाढीबाट प्रभावित नागरिकको उद्धार, घाइतेको उपचार तथा बेपत्ताको खोजी कार्य प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् ।

त्यस्तै, प्रभावित परिवारलाई तत्काल राहत, सुरक्षित आवास र आवश्यक खाद्यान्नको व्यवस्था गर्न तथा जोखिममा रहेका नागरिकको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ मंसिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रमा विदेशी लगानी भित्र्याउन सक्ने सम्भावनाका बारेमा पुनर्विचार गर्न आवश्यक

काठमाडौँ, ७ मंसिर । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ । प्रधानमन्त्री बालेनको भारत भ्रमणको

काठमाडौँ, ७ मंसिर । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भारतले नेपाललाई दुई खर्ब ४० अर्ब भारु आर्थिक सहयोगको घोषणा गरेको

काठमाडौँ, ७ मंसिर । भारतको दुई दिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार