अध्यक्ष केपी ओलीलाई योगेश भट्टराईका तीन सुझाव

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् ।

आफ्नो कार्यव्यस्तताका कारण स्थायी कमिटी बैठकमा उपस्थित हुन नपाएको उल्लेख गर्दै उनले भनेका छन्, ‘केन्द्रीय कमिटीको उक्त बैठकमा केन्द्रीय सदस्यको मनोनयन गर्दा ४० वर्षमुनिका युवाहरूलाई प्राथमिकता दिने, स्थायी कमिटी र पोलिटव्यूरो निर्माण गर्दा नयाँ र पुरानाको संमिश्रण सहित स्पष्ट मापदण्ड बनाएर निर्णय गर्न कुरा उठाइयो तर निर्णयले उक्त भावलाई बोक्न नसक्दा सकारात्मक उर्जा पैदा हुनसकेन ।’

उनले पार्टी अध्यक्षलाई अनुरोध गर्दै पार्टीलाई पुरानै अवस्थाको जनमैत्री पार्टी बनाउन तीन सुझावहरु

-बाँकी केन्द्रीय सदस्यको मनोनयनमा ४० वर्षमुनिका युवाहरूलाई विशेष स्थान दिने र बिगतमा छुटेका भूगोल र समुदाय तथा आन्तरिक सन्तुलनलाई ख्याल गरी मनोनयन गर्ने ।
-स्थायी कमिटी र पोलिटव्यूरो गठन गर्दा पुराना र नयाँको सन्तुलन मिलाउने ।
-आसन्न निर्वाचन सहितका अन्य चुनौतीको सामना गर्न पार्टीको आन्तरिक एकता पहिलो शर्त हुनेछ । पार्टी एकतालाई खण्डित गर्ने कुनै पनि निर्णय “हतारमा निर्णय र फुर्सदमा पछुताऊनु “ सरह हुनेछ । त्यो अवस्थामा केन्द्रीय कमिटीको मनोनयन, स्थायी कमिटी र पोलिटव्यूरो गठनको एजेण्डा केन्द्रीय कमिटीको आगामी बैठकबाट निर्णय गर्नु उपयुक्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नगरकोट, २५ असाेज । दशैं पर्वलाई लक्षित गर्दै पर्यटकीय क्षेत्र नगरकोटमा चंङ्गा चेट कार्यक्रम आयोजना हुने भएको छ । मण्डनदेउपुर

काठमाडौँ, २५ असोज । गोरखाको बुढीगण्डकी नदीमा आज बिहान आएको बाढीमा परी ५ जना बेपत्ता भएका छन् । बाढीमा परी चुमनुब्री–६

काठमाडौँ, २५ असोज । नेपाली सेनाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ३६ जनाको उद्धार गरेको छ । नेपाली

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज