शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन, भविष्यका चुनौती र अवसरका लागि पनि तयार गर्नुपर्छ: राष्ट्रपति पाैडेल

काठमाडौँ, २४ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि पनि तयार गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रपति पौडेलले पशुपति मित्र माध्यमिक विद्यालयको ८०औँ वर्ष प्रवेश तथा हीरक महोत्सव २०८३ समारोहलाई शनिबार यहाँ सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो ।

“आधुनिक विश्व तीव्र परिवर्तनको चरणबाट गुज्रिरहेको छ, विज्ञान, प्रविधि, कृत्रिम बुद्धिमत्ता र सञ्चारका क्षेत्रमा भइरहेको तीव्र विकासले शिक्षाको स्वरूप र आवश्यकता दुवै परिवर्तन गरिरहेको छ, यस्तो अवस्थामा हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि पनि तयार गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
उहाँले परिवर्तनसँगै हाम्रा आधारभूत मानवीय मूल्यहरू अझ सुदृढ हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

“प्रविधि जति शक्तिशाली हुँदै जान्छ; मानवीय विवेक, जिम्मेवारी र संवेदनशीलताको आवश्यकता पनि त्यति नै बढ्दै जान्छ, त्यसैले आधुनिक ज्ञान र सीपसँगै मानवता, सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रप्रतिको जिम्मेवारीलाई शिक्षाको केन्द्रमा राख्न आवश्यक छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

विद्यालय ज्ञान, शिक्षा, चेतना, जागरणसँगै राष्ट्रको भविष्य निर्माण गर्ने आधारभूत संस्था रहेको उहाँको भनाई थियो । विद्यालयका कक्षा कोठामा केवल पाठ्यपुस्तकको ज्ञान मात्र प्रदान हुँदैन; त्यहीँबाट अनुशासन, इमानदारिता, परिश्रम, सहिष्णुता, सदाचार, देशप्रेम र सामाजिक उत्तरदायित्वजस्ता जीवनका महत्वपूर्ण मूल्यहरू सिकाइन्छ भन्दै उहाँले आजका विद्यार्थी नै भोलिका शिक्षक, चिकित्सक, इन्जिनियर, प्रशासक, उद्यमी, राजनीतिज्ञ, वैज्ञानिक तथा राष्ट्रका जिम्मेवार नागरिक भएको उल्लेख गर्नुभयो । ।

“ शिक्षा दिने भनेको विद्यार्थीलाई परीक्षामा राम्रो अङ्क प्राप्त गर्ने मात्र होइन; समस्या समाधान गर्न सक्ने, नयाँ सोच विकास गर्न सक्ने, प्रविधिको सदुपयोग गर्न सक्ने र समाज तथा राष्ट्रप्रति जिम्मेवार नागरिक बन्न सक्ने आधार तयार गर्नु पनि हो, यसमा सरकार, नीतिनिर्माता र शिक्षासँग सरोकार राख्ने सबैको सहकार्य आवश्यक छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौँडा, २४ असोज । अरिंगाल पोल्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका मकवानपुरको थाहा नगरपालिका–१, बाराहीचौरका ३० वर्षीय उत्सव गोपालीको

काठमाडौँ, २४ असोज । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु

काठमाडौँ, २४ असोज । कर्णाली नदीमा माछा मार्न गएकी एक महिलाको गोहीको आक्रमणबाट मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान

काठमाडौँ, २४ असोज । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी