इरान युद्धमा ८१ अमेरिकी सैन्य विमानमा क्षति

एजेन्सी, २३ असोज । अमेरिकाको कंग्रेसनल (संसदीय) रिसर्च सर्भिस (सीआरएस)ले इरानसँगको युद्धमा अमेरिकी सेनाका ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट भएको प्रतिवेदन सार्वजनिक गरेको छ । 

यसमा हवाइजहाज, हेलिकोप्टर र ड्रोन समावेश छन् । गुप्तचर, निगरानी, हवाई सहयोग तथा उद्धार कार्यमा प्रयोग हुने एमक्यू–९ रिपर ड्रोन क्षतिग्रस्त वा नष्ट भएका कुल विमानमध्ये आधाभन्दा बढी छन् ।

क्षतिग्रस्त वा नष्ट भएका विमानको सूचीमा पेन्टागनका महँगा र अत्याधुनिक सैन्य प्रविधिसमेत छन् । तीमध्ये एफ–३५ए लडाकु विमान र ई–३ सेन्ट्री प्रमुख छन् । चार इन्जिनयुक्त ई–३ सेन्ट्रीमा राडार डोम जडान गरिएको हुन्छ । यसको प्रयोग लक्ष्यको निगरानी तथा हवाई क्षेत्रको व्यवस्थापनमा गरिन्छ ।

कंग्रेसनल बजेट अफिस (सीबीओ)को तथ्यांक उदृत गर्दै प्रतिवेदनले रक्षा मन्त्रालयको मर्मत वा नयाँ खरिद योजनाका आधारमा विमान क्षतिको कुल लागत १.९ अर्बदेखि ३.३ अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरेको छ ।

सीएनएनले उद्धृत गरेका स्रोतहरूका अनुसार युद्धको कुल लागत कम्तीमा ४५ अर्ब अमेरिकी डलर पुगिसकेको छ । यसमा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारमा भएको पूर्वाधार क्षति समावेश छैन ।

क्षतिग्रस्त केही विमान मर्मतपछि पुनः सेवामा फर्काइएको बताइएको छ । जसमा गत सेप्टेम्बरमा जोर्डनस्थित मुवफाक साल्टी एयर बेसमा इरानी आक्रमणबाट सामान्य क्षति पुगेका आठवटा एफ–१५ स्ट्राइक इगल लडाकु विमान मर्मत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । कास्कीको पोखरामा आज बिहान स्कुल बस दुर्घटना हुँदा मृत्यु भएकामध्ये तीनजनाको पहिचान खुलेको छ । पोखरा

काठमाडौँ, २३ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २९ सय

काठमाडौँ, २३ असोज ।  कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण

काठमाडौँ, २३ असोज । पोखरामा स्कुल बस दुर्घटना भएको छ । प्रहरीका अनुसार पोखरा २८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर