एमालेले तोक्यो स्थानीय तहका अधिवेशनको मिति

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज बसेको स्थायी कमिटीको बैठकले पार्टीका वडा कमिटीहरुको अधिवेशन आगामी मङ्सिर २६ गते र पालिका तहको अधिवेशन आगामी पुस ४ गते सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकको आरम्भमा पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट बरिष्ठ नेतामा मनोनीत हुनुभएकी विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो । बैठकले मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरिएको छ । राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरुको सहभागिता रहने भएको छ । पालिका र वडा अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेला आयोजना गरिने भएको छ ।

बैठकले मधेश प्रदेश सभामा समानुपातिकतर्फ रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने जैनब खातुनको निधन भएको हुँदा उक्त रिक्त स्थानमा मापदण्ड अनुरुप क्रम सङ्ख्या ४२ तथा बन्दसूचीको क्रम ४० मा रहनुभएकी समानुपातिक सूचीकी उम्मेदवार नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको छ ।

बैठकले अध्यक्ष पद रिक्त रहेका पार्टीका १३ जिल्लाका हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटीमा रुपान्तरण गरी माथिल्लो कमिटीमा अनुमोदनका लागि पठाउनुपर्ने निर्णय गरेको छ । बैठक भोलि पुनः बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा विद्युत प्राधिकरणको सेवा ग्राहकको हातमा

काठमाडौँ, २२ असोज । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरुको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्