विशेष महाधिवेशन बोलाउनेले नै पार्टी फुटाएको हो : विमलेन्द्र निधि

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशन बोलाउनेले नै पार्टी फुटाएको बताएका छन् । 

जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै निधिले विशेष महाधिवेशनले कांग्रेसलाई वैचारिक र साङ्गठनिक रूपमा दुई धारमा बाँडिदिएकाले अब ‘नयाँ घर’ निर्माणको दिशामा अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् ।

विशेष महाधिवेशन र त्यसपछिका घटनाक्रमले पार्टीलाई जोड्न नसक्ने भएकाले नयाँ ढङ्गले साङ्गठनिक यात्रा तय गर्नुपर्नेमा उनले जोड दिए । निधिले भने, ‘विशेष महाधिवेशन बोलाउनेले नै पार्टी फुटाएको हो,’ ‘हामीले सुरुदेखि नै प्रक्रियाको कुरा उठाउँदा बेवास्ता गरियो। पुराना पुस्ताका नेताहरू अझै जिम्मेवारी पूरा गर्दै हुनुहुन्छ, त्यसैले हामीले मिहिनेतका साथ नयाँ कार्यदिशा तय गर्नुपर्छ। गिरिजाबाबु र शेरबहादुरजी मिल्न तीन वर्ष लागेजस्तै परिस्थिति कहिले कस्तो हुन्छ भन्न सकिन्न। तर अहिले आफ्नो घरलाई अझ मजबुत बनाउनु र सङ्गठन निर्माण गर्नु नै हाम्रो प्राथमिकता हो।’

उनले निर्वाचन आयोगमा पेस गरिएको तथ्याङ्क अनुसार आफूहरूसँग ४६ प्रतिशतको बलियो आधार रहेको दाबी गर्दै उनले उक्त मतलाई बेवास्ता गरेर गरिएका निर्णयहरू अमान्य हुने जिकिर गरे । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ