ठगी गर्ने चार जना काठमाडौँबाट पक्राउ

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले चार जनालाई पक्राउ गरेको छ ।  

प्रहरीका अनुसार बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभन देखाई लामो समयसम्म झुक्याएर विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।  

काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।   पक्राउ पर्ने व्यक्तिहरूमा धनुषाका योगेन्द्र राउत यादव (४१ वर्ष), भक्तपुरकी एलिसा अधिकारी (२५ वर्ष),  दार्चुलाका हरिस सिंह महरा (२९ वर्ष) र बाराका राजेश प्रसाद जयसवाल (४५ वर्ष) रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले

काठमाडौँ, २२ असोज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ

काठमाडौँ, २२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २२ असोज । आज विश्व दृष्टि दिवस मनाइँदैछ । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम