परिसूचक नेप्से ६.३८ अंकले घट्यो

काठमाडौँ, २१ असाेज । आज सेयर बजार परिसूचक नेप्से ६.३८ अंक घटेको छ ।

घटेसँगै नेप्से २५७२ अंकमा कायम भएको छ । कारोबार रकममा सुधार देखिएको छ । अघिल्लो दिन ३ अर्ब १३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७४ करोडको भयो । आज ९९ कम्पनीको मूल्य बढ्दा १६७ को घटेको छ । १३ कम्पनीको मूल्य स्थिर रह्यो ।

बैंकिङबाहेक सबै समूहगत सूचक घटे । बैंकिङ ०.०८ प्रतिशत बढ्यो । त्यस्तै व्यापार सबैभन्दा धेरै १.३८ प्रतिशत घट्यो ।

विकास बैंक ०.०७, फाइनान्स ०.०९, होटल तथा पर्यटन ०.०६, जलविद्युत् ०.०३, लगानी ०.५५, जीवन बीमा ०.२९, उत्पादन तथा प्रशोधन ०.७३, माइक्रोफाइनान्स ०.३९, निर्जीवन बीमा ०.६०, अन्य ०.३६ प्रतिशत घटे । घलेम्दी हाइड्रोपावरको ५.८९, इङवा हाइड्रोपावरको ४.८५, सानिमा मिडिल तमोरको ३.६६, नेपाल इन्स्योरेन्सको २.९९ प्रतिशत मूल्य बढ्यो ।

सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिककको ३.६४, याम्बलिङ हाइड्रोपावरको ३.४२, माथिल्लो मैलुङखोलाको ३.३७ प्रतिशत मूल्य घट्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका -०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार आज

काठमाडौँ, २१ असोज । बाराबाट लोड भएको एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा

काठमाडौँ, २१ असोज । जनकपुरधामको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई १ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको

काठमाडौँ, २१ असोज । गुल्मीको धुर्कोट गाउँपालिका–५, अधेरीका २४ वर्षीय ऋषिराम भण्डारी मृत फेला परेका छन् । खेतमा पानी लगाउन