डीडीसी र नेपाली सेनाबीच दुग्धजन्य पदार्थ खरिद–बिक्रीका लागि सम्झौता

काठमाडौँ, २१ असोज । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र नेपाली सेनाबीच दूध तथा दुग्धजन्य पदार्थ खरिद–बिक्रीका लागि सम्झौता भएको छ ।

अब नेपाली सेनाले देशका ३२ वटा जिल्लामा रहेका आफ्ना ब्यारेकहरूका लागि डीडीसीबाटै नियमित दूध किन्नेछ ।

नेपाली सेना र संस्थानबीच भएको सम्झौताअनुसार सेनाका ब्यारेकलाई अब दैनिक १० हजार २ सय ५१ लिटर (वार्षिक ३७ लाख ४१ हजार ५०६ लिटर) प्रशोधित दूध आपूर्ति हुनेछ ।

यसैगरी, सम्झौतामा उल्लेख भएबमोजिम सेनालाई दैनिक ३ सय ६५ किलो (वार्षिक १ लाख ३३ हजार ५ सय २२ किलो) दही, दैनिक ३७ किलो (वार्षिक १३ हजार २ सय ४० किलो) पनिर, दैनिक २१ किलो (वार्षिक ७ हजार ४४१ किलो) होल मिल्क पाउडर र दैनिक १५ किलो (वार्षिक ५ हजार २७८ किलो) चिज आपूर्ति गरिनेछ ।

यो खरिद सम्झौतापत्रमा नेपाली सेनाको तर्फबाट आपूर्ति तथा परिवहन निर्देशनालयका रथी सञ्जयकुमार रञ्जित र डीडीसीको तर्फबाट महाप्रबन्धक डा. शरणकुमार पाण्डेले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ ।

काठमाडौँ, २० असोज । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको नाम फिर्ता तथा उमेदवारी सच्याउन निवेदन दिन सकिनेछ ।  मंगलबार

काठमाडौँ, २१ असोज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २० असोज । रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा