नयाँ पुस्ताको जोस र पुरानाको अनुभव मिलाएर अघि बढ्नुपर्दछ : सुरेन्द्रराज पाण्डे

काठमाडौँ, २१ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले पार्टीलाई नयाँ पुस्ताको जोस-जाँगर र पुरानो पुस्ताको अनुभव मिलाएर अघि बढाउनुपर्ने बताएका छन् । 

नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नयाँ र पुरानो पुस्ताको संयोजनले मात्र कांग्रेसलाई फेरि सशक्त, गतिशील र आगामी चुनौतीहरू सामना गर्न सक्ने बनाउने विचार व्यक्त गरेका हुन् ।

कांग्रेसको अधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएका पाण्डेले पार्टीभित्रका सबै पक्षलाई समेटेर एकताबद्ध बनाएर लैजानु अहिलेको प्रमुख आवश्यकता भएकोमा जोड दिए। उनले भने, ‘अहिले हामीले पार्टीलाई नयाँ पुस्ताको जोस-जाँगर र पुराना साथीहरूको अनुभवलाई संयोजन गरेर नेपाली कांग्रेसलाई फेरि सशक्त, गतिशील र आगामी दिनको चुनौती सामना गर्न सक्ने पार्टी निर्माण गर्नुपर्ने अवस्था छ।’

आफूले लामो समयदेखि पार्टी तथा भ्रातृ संगठनमा निरन्तर काम गर्दै आएको प्रसङ्ग उल्लेख गर्दै पाण्डेले आफ्ना एजेन्डा र उम्मेदवारीलाई सहयोग गर्न सबैलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ ।

काठमाडौँ, २० असोज । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको नाम फिर्ता तथा उमेदवारी सच्याउन निवेदन दिन सकिनेछ ।  मंगलबार

काठमाडौँ, २१ असोज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २० असोज । रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा