महासचिव गुटेरेसद्वारा गाजामा स्थायी युद्धविराम गर्न आह्वान

एजेन्सी, २० असोज । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि गाजामा स्थायी युद्धविराम गर्न आह्वान गरेका छन्  ।

उनले युद्धविरामसँगै गाजामा व्यापक रूपमा मानवीय सहायता पुर्‍याउन र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न पनि आग्रह गरेका छन्।

एक विज्ञप्तिमार्फत उनले अबको समय स्थायी युद्धविराम, व्यापक मानवीय सहायता र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्ने समय भएको बताए। उनले सम्पूर्ण क्षेत्रमा स्थायी शान्तिका लागि राजनीतिक मार्ग तय गर्नुपर्नेमा पनि जोड दिए।

उनले भने, “यो वार्षिकोत्सव शोकको अर्को वर्ष मात्र नभई फरक भविष्य निर्माण गर्ने नयाँ दृढ सङ्कल्पको अवसर बनोस्”, । उनका अनुसार इजरायली र प्यालेस्टिनी नागरिकले आफ्ना अधिकार, गरिमा र आकांक्षा पूरा गर्दै शान्ति र सुरक्षामा सँगै बस्न सक्ने अवस्था निर्माण गर्न आवश्यक छ । महासचिव गुटेरेसले सन् २०२३ को हमास आक्रमणमा एक हजार दुई सयभन्दा बढी इजरायली तथा विदेशी नागरिकको हत्या र २५१ जनालाई बन्धक बनाइएको घटनालाई ‘घृणित’ भन्दै इजरायली पक्षमा भएको क्षतिलाई स्वीकार गरे।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० असोज । हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि इजरायलले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ

एजेन्सी, १९ असोज । होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने कच्चा तेलको निर्यातमा उल्लेख्य वृद्धि भएको

एजेन्सी, १९ असोज । अमेरिकाले बेलायतस्थित सैन्य आधार शिविर फेयरफोर्डबाट आफ्ना सबै बमवर्षक विमान फिर्ता बोलाएको छ । अमेरिकाको यो

एजेन्सी, १९ असोज । पाकिस्तानको प्रमुख विपक्षी दल पाकिस्तान तहरिक–ए–इन्साफले (पीटीआईले) पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइका लागि लङ