ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु, १० घाइते

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् ।

प्रहरीका अनुसार आज कालिका नगरपालिका–५, वडा कार्यालय चोकमा ना६त ६४४४ नम्बरको ट्याक्टर र बा.प्र.३–०१–०२४ च ३४७३ नम्बरको जीप एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा जीपमा सवार कालिका–३ की ३५ वर्षीया लक्ष्मी परियार गम्भीर घाइते भएकी थिइन् । उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा उनको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका अरू सबैको उपचार सोही अस्पतालमा भइरहेको छ । ट्याक्टर चालक कालिका–१ का ४२ वर्षीय बिके स्याङ्बोलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर