दुर्गा प्रसाईंको अनुसन्धान फाइल इजलासमा देखाउन आदेश

काठमाडौँ, १९ असोज । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका विषयमा गरिएको अनुसन्धान फाइल इजलासमा पेस गर्न आदेश दिएको छ ।

आज सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले नेपाल प्रहरीको साइबर ब्युरोलाई आदेश दिएको हो ।

सर्वोच्चले कसुरको जाहेरीमा गरिएको अनुसन्धान मिसिलसँगै जिल्ला अदालत काठमाडौँबाट भएको म्याद थप अनु्मतिको सक्कल फाइल पनि पेस गर्न भनेको छ । इजलासमा देखाएर फिर्ता लैजाने गरी पेस गर्न आदेश दिइएको छ ।

“यसमा निवेदकविरुद्द परेको विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरको जाहेरीमा भएको अनुसन्धान र म्याद थपसहितको सक्कल फाइल इजलासमा देखाई फिर्ता लैजाने गरी महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाई मिति २०८३/०६/२० को पेसी तोकी नियमानुसार पेस गर्नू,” आदेशमा उल्लेख छ ।

प्रसाईंको हकमा उनकी श्रीमती उमा प्रसाईंले यही असोज १४ गते सर्वोच्चमा बन्दीप्रत्यक्षकरण रिट दिएकी थिइन् । साइबर ब्युरोको टोलीले त्यसअघि प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धानका निम्ति भन्दै प्रहरीले अदालतसँग थुना अनुमति माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर