काठमाडौँ, १९ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले समाजवादतर्फ अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।
आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा खनालले समाजवादी जागरण अभियानमार्फत वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने बहस सुरु गरिएको बताए ।
उनले भने, “समाजवादतर्फ जानुको अर्को विकल्प छैन । त्यसैले हामी सम्पूर्ण वामपन्थीहरूलाई एक ठाउँमा ल्याउनुपर्छ भनेर यो बहस सुरु गरेका हौँ,” ।
खनालले समाजवादी जागरण अभियान सुरु गर्ने विषयमा यसअघि नै विभिन्न वामपन्थी विचारधाराका नेताहरूसँग छलफल भइसकेको जानकारी दिए ।







