मोटरसाइकल दुर्घटनामा घाइते युवकबाट पेस्तोल बरामद

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गएराति करिब १ बजे जनकपुरबाट घरतर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा मदनपुरका ३३ वर्षीय तुलसी ठाकुर सामान्य घाइते भएका छन् ।

घटनास्थलमा पुगेको प्रहरीले ठाकुरको शरीर खानतलासी गर्दा एक थान सिक्सर पेस्तोल फेला पारेको हो । पेस्तोलमा गोली भने भेटिएको छैन । चालकले मादक पदार्थ सेवन गरेको पाइएको छ । मोटरसाइकल, पेस्तोल र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । काठमाडौँबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–९ गैरीगाउँ सुनखरी टोलस्थित एक

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर

काठमाडौँ, १९ असोज । धनुषामा एक विवाहित महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरमा