काँक्रोमा भेटियो अत्यधिक विषादी

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार धादिङको थाक्रे नगरपालिकाबाट बिक्रीका लागि आज कालीमाटी बजार ल्याइएको काँक्रोमा ४९.१९७० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको हो ।

केन्द्रीय कृषि प्रयोगशालाले आज कालीमाटी तरकारी बजारका १० पसलको १० थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा काँक्रोमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त काँक्रो उपभोग अयोग्य रहेको जनाइएको छ ।

सरकारले रोकावट प्रतिशत दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ । यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १९ असोज । अमेरिकाले बेलायतस्थित सैन्य आधार शिविर फेयरफोर्डबाट आफ्ना सबै बमवर्षक विमान फिर्ता बोलाएको छ । अमेरिकाको यो

एजेन्सी, १९ असोज । पाकिस्तानको प्रमुख विपक्षी दल पाकिस्तान तहरिक–ए–इन्साफले (पीटीआईले) पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइका लागि लङ

एजेन्सी, १८ असोज । अमेरिकी प्रतिबन्धका कारण आर्थिक दबाब बढिरहेका बेला इरानले विशेष परिस्थितिसँग जुध्न ‘नयाँ व्यवस्था’ अपनाएको राष्ट्रपति मसुद पेजेस्कियानले

काठमाडौँ, १८ असोज । उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती व्यापारीको भ्यानभित्र एक पुरुषको मृत शरीर फेला परेको छ ।