फिल्म ‘गौँथली’ले कमायो २६ करोड

काठमाडौँ, १९ असोज । नेपाली फिल्म ‘गौँथली’ले २६ करोड रुपैयाँ बढीको व्यवसाय गर्न सफल भएको छ । 

चलचित्र विकास बोर्डका अनुसार १८ असोज आइतबार राति ११ः५९ सम्मको बक्स अफिस रिपोटमा फिल्मको २६ करोड १ लाख ९६ हजार ४० रुपैयाँ २० पैसा ग्रस कलेक्सन रहेको छ । यो अवधिमा फिल्मको टिकट ९ लाख ४४ हजार २६३ वटा बिक्री भएको छ ।

फिल्म चलचित्र उद्योगमा हालसम्म सबैभन्दा धेरै कमाउने सूचीमा दोस्रो स्थानमा आइपुगेको छ । पहिलो स्थानमा अहिलेसम्म ‘पूर्ण बहादुरको सारङ्गी’ कायम नै छ ।

डा. कपिल रिजालको निर्देशन रहेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले विगतका कमीकमजोरीको निर्मम आत्मसमीक्षा र रूपान्तरणको स्पष्ट

काठमाडौँ, १९ असोज । प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन् । बेलायती सेनाका प्रमुख जनरल रोली वाकरको निमन्त्रणामा प्रधानसेनापति

काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेस गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका

काठमाडौँ, १९ असोज । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री शाहको टिप्पणी र काङ्ग्रेस महाधिवेशनको प्रसङ्गलाई लिएर कटाक्ष गरेका छन् । सामाजिक