पढाइको साथसाथै सीप हुनुपर्‍यो: मन्त्री पुन

सुनसरी, १९ असोज ।  विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले औपचारिक शिक्षा प्राप्त गरेकै आधारमा रोजगारी सुनिश्चित नहुने भएकाले विद्यार्थीलाई सीप, अनुसन्धान तथा नवप्रवर्तनमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा यही असोज १४ गतेदेखि इटहरीमा जारी श्रम रोजगार मेलालाई आइतबार सम्बोधन गर्दै मन्त्री पुनले विश्वविद्यालय तथा कलेजमा पठनपाठनसँगै अनुसन्धान, आविष्कार र नवप्रवर्तनका गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले भने, “पढेरमात्रै जागिर पाइँदैन, पढाइको साथसाथै सीप हुनुपर्‍यो । नवप्रवर्तनमार्फत उत्पादित वस्तुको व्यवसायीकरण गरेर आफैँ उद्यमी बन्न सके जागिर खोज्नु पर्दैन ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र शुरू हुँदैछ । बन्द सत्र शुरू भएसंगै

काठमाडौँ, १९ असोज । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव परेको र कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै

काठमाडौँ, १८ असोज । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी नयाँ रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

काठमाडौँ, १८ असोज । परराष्ट्र मन्त्रालयले बाँकी रहेका नौ देशका लागि दसैँपछि राजदूत नियुक्त गर्ने भएको छ । सरकारले यसअघि विज्ञतर्फबाट